२०७८ असार ६ , आइतवार

नेपाललाई कोरानाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा, कुन देशलाई कति खोप दिँदैेछ अमेरिका ?

Biden

सुनाखरी न्युज/ काठमाडौं–

अमेरिकाले नेपालसहित दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपाललाई कति डोज उपलब्ध गराउने भन्ने चाहिँ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छैन ।