२०७८ असार १० , बिहिवार

कोरोनाको “नयाँ भेरियन्ट”भेटिएको दाबी गरिएकोबारे नेपालले बेलायतसँग माग्यो जानकारी

thumb

सुनाखरी न्युज/ काठमाडौं  – सरकारले नेपालमा कोरोना भाइरसको नयाँ “भेरियन्ट” भेटिएको दाबी गरिएकोबारे बेलायत सरकारसँग जानकारी मागेको छ । बेलायतको पत्रिका डेली मेल ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार सामग्री प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको हो ।

 

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दाबीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट पार्नुभयो । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।