२०७८ असार १ , मंगलबार

२४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि, ५ हजार ९ सय ४ जना निको

1

सुनाखरी न्युज/ काठमाडौं – गएको २४ घण्टामा नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 

१८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ७६ हजार नौ सय ३६ पुगेको छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

गएको २४ घण्टामा पाँच हजार नौ सय चार जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ६७ हजार चार सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार ६ सय ३० पुगेको छ ।