२०७८ असार १० , बिहिवार

निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकामा नियमित अनुगमन

1

सुनाखरी न्युज/ काठमाडौं – कोरोना महामारीलाई मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञा जारी छ । उपत्यकाका तीनवटा जिल्ला काठमाडौंं, भक्तपुर र ललितपुरमा लागु गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।

 

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले कडा रुपमा जेठ २० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । शुक्रबार जेष्ठ २१ गतेबाट भने खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म खुल्ला हुनेछन् । पछिल्लो पटक प्रशासनले जेष्ठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन नियमित अनुगमन भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

 

यस्तै विहीबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५७८ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४६२ ओटा दुई पाङ्ग्रे, ८० ओटा चार पाङ्ग्रे, ३३ ओटा ठूला सवारी साधन र ३ ओटा ट्याक्सी रहेका छन् ।