२०७८ जेठ ३० , आइतवार

अब करिब २ महिना मेलम्चीको पानी काठमाडौँमा वितरण नहुने

1

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौँमा असार १ गते देखि मेलम्चीको पानी दुई महिना नआउने भएको छ ।

 

सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको जनाइएको छ । आयोजनाका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्नेछ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएमा त्यसको समान पनि गर्ने जनाइएको छ ।

 

‘सुरुङ परीक्षण गर्न समय लाग्ने र यदि सुरुङमा केहि समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकीने बताइएको छ । लगभग दुई महिना पानी नआउन जनाइएको छ ।