२०७८ असार १० , बिहिवार

ज्वेल्स सहकारी संस्थाबाट आकस्मिक रक्तदान घर दैलो कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं – कोरोना रोकथामकोलागी सरकारले गरिराखेको लकडाउन तथा कोरोना महामारीको बिचमा पनि ज्वेल्स सहकारी संस्थाबाट आकस्मिक रक्तदान घर दैलो कार्यक्रम सम्पन्न गरेकाे छ ।

 

ललितपुरकाे गाबहालमा अायाेजना गरिएकाे रक्तदानमा २३ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । आयोजक समितिका सुबिन बज्राचार्यका अनुसार रक्तदान कार्यक्रममा २६ पटक रक्तदान गिरिसकेका व्यक्तित्व सुदन शाक्य सहित प्राय सबै ५÷६ पटक रक्तदान गरिसकेका रक्तदाताहरुले रक्तदान गरिएको थियो ।

 

ज्वेल्सका अध्यक्ष किरणभाई बज्राचार्यले अहिले अस्पतालहरुमा रगतको चरम अभाव भएको कारणले रगतको अभाव कसैको मृत्य हुन नपरोस भनेर यस्तो महामारीमा शिविर संचालन गरिएको बताउनु भयो । विहान ७ बजे देख ९ बजे भएको रक्तदान कार्यक्रम नेपाल रक्त संचार सेवा भक्तपुरको प्राविधिक सहयोग तथा ब्लड डोर्नस एशोसिएशन नेपाल जिल्ला शाखा ललितपुर समाधान समाजको सकृयतामा आकस्मिक रक्तदान घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । शिविरको संयोजन मोतीशान्ति शाक्यले गर्नु भएको थियो ।
`