२०७८ जेठ ३० , आइतवार

यी हुन् क्वारेनटाइनका लागि प्रयोग गरिने होटल (सूचिसहित)

hotel

सुनाखरी न्युज/ काठमाडौं – सरकारले विदेशबाट फर्कनेहरुको लागि क्वारेन्टाइनमा बस्न होटलहरु तोकेको छ । विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित यी होटललाई क्वारेनटाइन होटल तोकेको हो ।

 

सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसोर्टसहित नयाँ होटल क्वरेण्टीनको सूची सार्वजनिक गरेको हो । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।

सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वरेण्टीन अनिवार्य गरेको छ ।