२०७८ असार २ , बुधवार

जागौं नेपाल राष्ट्रिय अभियानद्वारा रबि लामिछाने फाउन्डेसनलाई रकम हस्तान्तरण

187764312_322945216203310_3844128118211287919_n (1)

सुनाखरी न्युज/ पोखरा – जागौं नेपाल प्रवास समितिले प्रवासमा संकलन गरेको रकम बुधबार एक समारोहका बीच रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गरेको छ ।

 

जागौं नेपाल राष्ट्रिय अभियानका संयोजक दिपक आचार्यले एक समारोहका बीच रबि लामिछाने फाउन्डेसन अध्यक्ष एबं सामाजिक अभियन्ता, बरिष्ठ संचारकर्मी रबि लामिछानेलाई प्रबासबाट संकलन गरिएको एकलाख ११ हजार एकसय ११ नेपाली रुपैया हस्तान्तरण गर्नुभएको हो । रबि लामिछाने फाउन्डेसनले काठमाण्डौमा जनमैत्री अस्पताल संचालन गरी गरीब तथा असहाय नागरिकलाई निस्शुल्क उपचार गर्ने कार्य गरिरहेको छ।

 

२०७७ साल मंसीरमा गठन भएको जागौं नेपाल राष्ट्रिय अभियानको पाँच सय एक सदस्यीय भेला आयोजक समिति गठन भएको छ भने प्रबासमा विभिन्न २५ वटा प्र’बास समिति रहेका छन्। २५ मध्ये जागौं नेपाल प्रवास समिति साउदी अरब समिति लगायतले १० वटा प्रबास समितिले संकलन गरेको रकम फाउन्डेसनलाई हस्तान्तरण गरेको हो। जागौं नेपाल प्रवास समिति ले सुरुवात गरेकोे मानवीय सेवा सहयोग अभियान अन्तर्गत “आफु बचौं। अरुलाई पनि बचाऔं। पुण्य कमाऔं ” भन्ने उदेश्यका साथ संकलित रकम हस्तान्तरण गरिएको अभियानकी सदस्य सचिब ज्ञानु आचार्यले जानकारी दिनुभयो । सदस्य सचिब आचार्यले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति जागौं नेपाल राष्ट्रिय अभियानले कृतज्ञता व्यक्त गरेको बताउनुभयो।