२०७८ असार ६ , आइतवार

रोकिएका सम्पूर्ण परीक्षा साउन अन्त्यसम्म सक्ने त्रिविको तयारी

tu

सुनाखरी न्युज/ काठमाडौं – कोरोना महामारीका कारण पटक पटक जारी गरिको निषेधआज्ञाका कारण रोकिएका त्रिभुवन विश्वविद्यालय सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको छ ।

 

गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।

 

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।