२०७८ असार १० , बिहिवार

नवोदित स्कूल तथा कलेजका शिक्षक एवं सवैका प्यारा ‘राम सर’ को कोरोनाका कारण निधन

Capture

✍️ सुनाखरी न्युज/ काठमाडौँ ।
नवोदित विद्या कुञ्ज तथा नवोदित कलेजका शिक्षक रामकृष्ण पोख्रेलको कोरोनाका कराण ज्यान गएको छ। गणित बिषय अध्यापन गर्दै आएका पोख्रेलको ५५ बर्षको उमेरमा उपचारका क्रममा चितवन मेडिकल कलेज चितवनमा ज्यान गएको हो।

 

लामो समयदेखि अध्यापन गर्दै आएका पोख्रेल नवोदित स्कूलका कोर्डिनेटर तथा नवोदित कलेजका शेयर सदस्य समेत थिए। उनको निधनप्रति कलेजका प्राचार्य राजेन्द्र अधिकारीले दुख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

 

अधिकारीले एक शोक बिज्ञप्ति मार्फत नवोदितले प्रखर गणितज्ञ, सरल, मृदुभाषी, शान्त, सहृदयी तथा अत्यन्त मिलनसार हँसमुख स्वभावका आत्मीय मित्र गुमाउनुपर्दा निकै मर्माहत भन्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।