२०७८ जेठ ३० , आइतवार

थपलियाको पहलमा अक्सिजन र कन्सन्टेटर सहयोग

1

प्रविण थपलिया/ नुवाकोट – कोरोनाभाइरस सङ्क्रमण दर तीव्र गतिमा फैलिरहँदा देशका अस्पताल तथा कोभिड आइसोलेसन सेन्टरले अक्सिजन अभाव खेपिरहेका यो अवस्थामा आज शिबपुरी गाउँपालिका र तादी गाउँपालिकामा ५ लिटर क्षमताको १० वोटा अक्सिजन कन्सन्टेटर (Oxygen Concentrator) हस्तान्तरण गरिएको छ ।

 

ने.का. का जिल्ला सदस्य गोविन्द थपलिया , डा. अमन गौतम र ई. प्रताप अधिकारी को सयुंक्त पहलमा Mountain Heart Nepal नामक सामाजिक संस्थाले उक्त स्वास्थ्य सम्बन्धी सामग्री सहयोग गरेको हो। देशका अक्सिजन उद्योगहरु ले माग अनुसार अक्सिजन आपूर्ति गर्ने नसकिरहेको यो कोरोना भाइरसको दोस्रो लहर फैलिसकेको अवस्थामा अक्सिजन कन्सन्टेटर (Oxygen Concentrator) ले कोभिड वा श्वासप्रश्वास सम्बन्धी समस्याको कारण हुने मानबीय क्षति लाई न्युनीकरण गर्न सहयोग पुग्ने छ ।

 

अक्सिजन कन्सन्टेटर (Oxygen Concentrator) एक किसिमको विधुतिय मेसिन हो जसले वायुमण्डलमको हावामा रहेको 21% अक्सिजन, 78% नाइट्रोजन र अन्य ग्यासहरूबाट अक्सिजन फिल्टर गर्दछ । यस मेसिनले अक्सिजन सिलिन्डर आपूर्ति नभएको ठाउँमा कोभिड तथा अन्य श्वासप्रश्वास सम्बन्धी समस्याको कारण रगतमा अक्सिजन स्तर कम भएर पूरक अक्सिजन चाहिएको व्यक्ति लाभदायक हुने छन् ।