२०७८ असार १० , बिहिवार

नेप्से ५५.७६ अंकले बढ्यो

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से ५५.७६ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा पुगेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।