२०७८ असार ८ , मंगलबार

कोभिड १९ ले लियो मनमोहन मेमोरियल कलेजका दुई मृदुभाषि शिक्षक–शिक्षिकाको ज्यान

Capture

सुनाखरी न्युज/ काठमाडौं-

विश्व महामारिकारुपमा फैलिएको कोभिड १९ ले काठमाडौंको सोह्खुट्टेस्थित मनमोहन मेमोरियल कलेजका दुई मृदुभाषि शिक्षक–शिक्षिकाको अल्पायुमा नै ज्यान लिएको छ ।
कलेजको स्थापनाकाल देखि प्राध्यापन गर्नुहुने कलेज कि संचालक एवं सवैकी प्रिय दिदि आदरणीय रश्मि अधिकारी खनाल र अर्का सञ्चालक एवं सवैका प्रियसाथी नवराज खनालको मुत्यु हुन पुगेको हो ।

मृतक रश्मि अधिकारी खनाल कोभिड १९ का कारण केही देखि देखि काठमाडौको बसुन्धरा स्थित चिरायु अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराती ११ बजे उहाँको देहावसान भएको मनमोहन मेमोरियल कलेजका क्यामपस प्रमूख दोर्ण बाहादुर अधिकारीले बताउनुभयो । उहाँले कलेजमा नेपाली बिषयको प्राध्यापन गर्नुहुन्थ्यो ।
यष्स्तै कलेजका अर्का सञ्चालक एवं शिक्षक तथा त्रिलोक स्कुलका प्रिन्सिपल समेत रहेका नवराज खनालको पनि कोभिड १९ का कारण नै गत जेठ १ गते मृत्यु भएको थियो । उहाँले पनि कलेजमा नेपाली बिषयको प्राध्यापन गर्नुहुन्थ्यो ।
कलेज परिवारले मृतक शिक्षक शिक्षिका दुवै प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेको छ ।