२०७८ असार १ , मंगलबार

आज सुनको मूल्य स्थिर

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३६० कायम भएको महासंघले जनाएको छ ।