२०७८ असार ७ , सोमवार

जेठ २५ गतेदेखि चिनियाँ खोप लगाइने, ६० देखि ६४ बर्ष उमेर समुहकाले पाउने

KHop_1

सुनाखरी न्युज/ काठमाडौं – चीनले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समुहमा चीनले दिएको भेरोसेल खोप लगाउने अभियान शुरु हुने जानकारी दिएको हो ।

 

साथै मन्त्रालयले खोप दिदा दोस्रो डोज सुनिस्चित हुने गरि पहिलो डोज दिइने जानकारी दिएको छ । चीनले अनुदानमा दिएको १० लाख डोज मध्ये ८ लाख डोज आज काठमाडौँ आइसकेको छ भने बाँकी दुई लाख खोप तिब्बतबाट आउनेक्रममा रहेको सरकारले बताएको छ ।