२०७८ असार ८ , मंगलबार

मंगलमकेयरः पीसीआर जांच , मंगलमको साथ

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपालको पहिलो CPVC पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले प्लम्बरहरुको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ”को सुरुवात गरेको छ। मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा रु ५००० औषधी खर्च व्यहोर्ने भएको छ।

 

“मंगलम पाइप्सको लागि प्लम्बरहरु technician मात्र नभएर हाम्रो परिवार पनि हुन । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनिहो। हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँचगर्न र औषधि उपचार गर्न केहि हद सम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवाल ज्यूले भन्नुभयोे।