२०७८ असार १ , मंगलबार

आज जेठ १९: दरबार हत्याकाण्डको २ दशक पुरा, घटना अझै रहस्यमै

king-nepla

सुनाखरी न्युज/ काठमाडौं ।

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी  २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै भएको हत्याकाण्ड (नारायणहिटी दरबार हत्याकाण्ड) भएको आज २० वर्ष पूरा भएको छ । २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।