२०७८ असार ८ , मंगलबार

हिमालयले निःशुल्क भेरो सेल खोप ओसार्दै

Himalaya-Airlines_ vaccines Cargo_2

सुनाखरी न्युज/ काठमाडौं – आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्घत्ता अनुरुप कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्स्ले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गरेको छ ।हिमालय एअरलाइन्स्को 319-115 9N-AJK एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ । हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ ।

 

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी आज विहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १९२,०००।– अर्थात् नेपाली रुपैंयाँ करिब रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउनेछ । “कोभिड–१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एअरलाइन्स् तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्र्यि संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।” निशुल्क कार्गो उडानवारे आफ्नो प्रतिक्रिया दि‘दै हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झो एन्योङ्गले भन्नुभयो ।

 

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ । “कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पु¥याएको यो सानो, तर महत्वपूर्ण योगदान हो । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ,” खोपको पहिलो खेप काठमाडौ आइपुग्दा कम्पनीका उपाध्यक्ष श्री विजय श्रेष्ठले भन्नुभयो ।

 

यो महामारीको सुरु देखि नै हिमालय एअरलाइन्स् नेपाल सरकार र नेपाली जनतालाई सहयोग पु¥याउन सक्रियरुपमा लागिपर्दै आएको छ । यस अघि हिमालयले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा सीधै रु. १ करोड सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्यसंस्थाहरु, जस्तै आम्दा हस्पिटल (दमक), प्रदेश ५ स्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल आदिलाई पि.सि.आर परीक्षण गर्ने मेसिनहरु, पोर्टेवल भेन्टिलेटरहरु, इन्फ्रारेड थर्मामिटरहरु र ती हस्पिटलका अग्रभागमा रही कार्यगर्ने स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पि.पि.ई. सेटहरु (सर्जिकल मास्क, सुरक्षात्मक वुट्स्, फेस शिल्डस्, डिस्पोजेवल ग्लोभ्स्, स्यानिटाइजर आदि सहित) सहयोग स्वरुप प्रदान गरेको थियो ।

 

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, बेइजिङ, छोड्ंछिडं्, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत अली, बहराइन, बैंकक, चाङ्सा, कोलम्बो, गुइयाङ्, हङ्गकङ्ग, इस्लामाबाद, कराची, कुवेत, माले, शंघाई र शेन्जेङ्ग जस्ता प्रमुख शहरहरूमा सञ्चालन गर्ने योजना छ । व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।

हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।