२०७८ जेठ ३० , आइतवार

कोपा अमेरिका ब्राजिलमा

thumb

रोयटर्स/ मोन्टेभिडियो —

कोपा अमेरिका फुटबल यसपल्ट ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार प्रतियोगिता पूर्वनिर्धारित मितिमै ब्राजिलमा हुने निर्णय गरेको हो ।

खेलतालिका र खेलस्थलको बारे भने केही दिनपछि तय गर्ने जनाइएको छ । कोपा जुन १३ देखि जुलाई १० सम्म हुने प्रतियोगितामा दक्षिण अमेरिकाका १० देशले भाग लिनेछन् ।

 

कोपा अमेरिका २०२० संयुक्त रूपमा दुई देश अर्जेन्टिना र कोलम्बियामा आयोजना हुन लागेको थियो । प्रतियोगिताको १ सय ५ वर्षे इतिहासमा पहिलोपल्ट संयुक्त आयोजना हुन लागेको हो ।