२०७८ असार १० , बिहिवार

चीनले अनुदानमा दिएको खोप काठमाडौं आइपुग्यो, खोप लगाउने प्राथमिकतामा को को ?

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।

 

चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।