२०७८ असार १० , बिहिवार

नेप्सेमा मंगलबार पनि करेक्सन, परिसूचकसँगै सुस्तायो कारोबार रकम

NEPSE Fall

सुनाखरी न्युज/ काडमाडौं ।

 

सेयर कारोबार मापक नेप्से परिसूचक मंगबलार पनि दोहोरो अंकले घटेको छ । सोमबार ४५ अंकले घटेको नेप्से मंगबलार ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि सुस्ताएको छ ।

मंगबलार दिनभर भएका ९८ हजार ६ सय ७ कारोबारबाट २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा रोकिएको छ ।

आइतबार १७ अर्ब रुपैयाँ माथि कारोबार पुगेर ऐतिहासिक रेकर्ड कायम भएको थियो भने सोमबार १३ अर्ब माथिको कारोबार भएको थियो । मंगलबारत ९ अर्ब रुपैयाँको पनि कारोबार हुन सकेन ।