२०७८ असार ७ , सोमवार

‘हिमालयन रि’लाई पुनर्बिमा लाइसेन्स

beema-samiti-insurance-board

सुनाखरी न्युज/ काठमाडौं ।

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बिमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ ।

पुनर्बिमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित पाँच कम्पनीहरु थिए । अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने भएको हो । व्यवसायी सुलभ अग्रवालले हिमालयन रि दर्ताका लागि निवेदन दिएका थिए ।

व्यवसायीहरु तथा बिमाका विज्ञहरु समेत थिए ।

अरुलाई भन्दा हिमालयनलाई नै लाइसेन्स दिनु उपर्युक्त देखिएको समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

हिमालयनसँगै काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्यारेन्सले पनि लाइसेन्सका लागि निवेदन दर्ता गराएका छन् ।

हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा समितिले थप एउटालाई लाइसेन्स दिन आवेदन माग गरेको थियो ।

यस कम्पनीको संस्थापकहरुमा नेपालका चर्चित व्यवसायिक घरानाहरु प्रस्ताव गरिएको छ । प्रतिष्पर्धामा रहेका अन्य कम्पनीहरुमा