२०७८ असार ८ , मंगलबार

लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित, एमाले उम्मेदवार ५४६ मतले पराजित

dirga-narayan-pandaya-andchandra-khadka

सुनाखरी न्युज/ काठमाडौं-
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्।

कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।