२०७८ असार १० , बिहिवार

बढ्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौँ – यस साताको सुरुवातसँगै सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाली बजारमा सोमबार पनि सुनचाँदी मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३६० रुपैयाँ कायम गरिएको छ । आइतबार पनि प्रतितोला सुन २०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।