२०७८ असार ७ , सोमवार

चिनियाँ खोप लिन नेपाल वायुसेवाको विमान बेइजिङ जाँदै, ८ लाख डोज खोप ल्याउने

Nepal-Airlines-Sagarmatha-Plane

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल एयरलाइन्सको चार्टर विमानसोमबार  बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।