२०७८ असार ८ , मंगलबार

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते, शंकास्पद १ जना प्रहरी नियन्त्रणमा

hatya

सुनाखरी न्युज/ नुवाकोट – मेघाङ गाउँपालिका-२ बुङताङ घर भएकी ६३ वर्षीया दावा लामा धारिलो हतियार प्रहारबाट शनिबार साँझ गम्भीर घाइते भएकी छिन् ।

सोही ठाउँ रालुकास्थित आफ्नै गोठमा बस्दै आएकी उनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला अस्पताल त्रिशुली हुँदै थप उपचारको लागि काठमाडौं पठाइएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले घटनामा शंकास्पद १ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।