२०७८ असार २ , बुधवार

संसद विघटन मुद्दाको पेसी मंगलबार, इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने–नरहनेबारे आज निर्णय हुने

सुनाखरी न्युज/ काठमाडौँ —

प्रतिनिधिसभा (संसद) विघटनको विपक्षमा परेका रीटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । आइतबार पनि यसमा बहस भएको थियो । आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रीट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहनेरनरहनेबारे सोमबार निर्णय हुनेछ ।

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।