२०७८ असार ७ , सोमवार

कसरी निम्तियो यस्तो दर्दनाक अवस्था ?

Yamuna
यमुना खड्का-
नेपाल लगायत अन्य मुलुकहरू पनि COVID-19 को दोस्रो लहरले ग्रसित देखिन्छ । कोरोनाको दोस्रो लहर फैलिए संगै नेपालमा पनि दु:खद घडी सुरु भएको छ । नेपाली समग्रमा कोरोनाको प्रभाव देखिन्छ ।लाखौं मानिस COVID-19 को शिकार बनेको छ । हजारौंले ज्यान गुमाएका छन।सङ्क्रमितहरु मृत्यु र जिवनको भयवह अबस्थामा छन।यो भन्दा दु:खद घतना हाम्रा लागि अरु के हुन सक्छ।
अन्य जनताहरु रोग र भोकबाट त्रसित देखिन्छ ।बढदाे सङ्कमितसंगै निषेधाज्ञाको समय थप लम्बिदै गएको छ। सहर बजार ,कलकारखाना र व्यवसाय ठप्प छ। दिनभरी पसिना बगाएर बेलुका परिवारको पेट भर्ने श्रमिकको चुलोमा आगो बलेको छैन।यस्तो कहालीलाग्दो र भयवह अबस्थामा सरकार आफ्नो कर्तव्यबाट मुख मोडेको देख्न सकिन्छ।रातारात सांसद विघटन र निर्वाचनको समयतालिका जारीबाट के स्पष्ट हुन्छ भने ठुला ठुला पार्टीका नेता ,कार्यकर्ता वा सरकार आ-आफ्ना पद सरकार पार्टी र शक्ति बलियो बनाउन र बचाउने अबस्थामा व्यस्त देखिन्छ।यस्तो भयवह र दु:खद घडीमा निषेधाज्ञा र नीति नियम मात्र समस्याको समाधान हैन।यसले जनतामा कस्तो कष्ट भोग्नु परेको छ।त्यसको उपाय के भन्ने कुरालाई ध्यान आकर्षण गर्न जरुरी देखिन्छ।स्वास्थ्य मानिसको सबैभन्दा ठुलो धन हो।
यो आम जनतालाई ज्ञात छ।रोगबाट मानिस लडेर डटेर बाच्न सकिन्छ।तर भोकबाट लामो समय कदाचित बाच्न सकिदैन।निर्वाचनको समयमा दुई हात जोडेर “हामी हजुरहरुकै लागि हौ”भनी भोट माग्दै हिड्ने पार्टी नेता,कार्यकर्ता र सरकार आज देश स्वास्थ्य संकटमा पर्दा जनता अक्सिजनको अभावले छटपटाइ ज्यान गुमाउन बाध्य अवस्थाम कता हराउनु भयो?के यहीँ हो कर्तव्य ?के यही हो जनताको विश्वास ?भोट माग्दै जनताको घर दैला पुग्ने ती पाइलाहरु गरिबको चुलोसम्म पुग्ने कष्ट गरिदिनुहोला।
दुई हात जोरि भोट माग्ने ती हातहरु सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराउन फैलाउनुहोला। चुनावको समयमा कसले कुन पार्टीलाइ भोट हाले भनेर नियाल्ने ती आखाहरु हस्पिटलमा अक्सिजनको कमि र स्वास्थ्य उपचारको कमीले छटपटाइ रहेको सङ्क्रमितलाई नियाल्नु होला। नेपालको वर्तमान अवस्था पार्टी ,पद ,शक्ति र सरकार बचाउने समय हैन।यो अवस्थामा जनता बचाउनुहोस।सरकार ,पार्टी ,पद र शक्ति बचाउने जिम्मा आम जनताको भयो।
यस्तो भयवह अवस्थामा जति पनि स्वास्थ्यकर्मि र सुरक्षा कर्मी जसले अफ्नो ज्यानको प्रवाह नगरी खटिरहनु भएको छ।उहाहरुलाइ हृदयबाट नै धन्यवाद !COVID-19को सङ्क्रमितहरुमा शिघ्र सुस्वास्थ्यको कामना गर्दछु र COVID-19 बाट मृत्यु हुनु भएका सम्पुर्ण मृतकहरुमा आत्म शान्ति र परिवारमा धैर्य धारणको कामना गर्दछु।
धन्यवाद !