२०७८ असार ६ , आइतवार

स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूत हुने गरी सात दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने गरी ७ दिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।

 

भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएको भन्दै संघले अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सकका लागि सहज वातावरण बनाउनुपर्ने माग गरेको हो । संघका महासचिव डा। बद्री रिजालले आज विज्ञप्ति निकाली ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुनु पर्ने चेतावनी दिनुभएको छ ।

 

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिहीबार राति भेरि अस्पतालका स्वास्थ्यकर्मी कुटपिट भउको थियो ।