२०७८ असार ८ , मंगलबार

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

farmers

सुनाखरी न्युज/ काठमाडौँ – सरकारले आगामी वर्षको बजेटमार्फत् कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

 

अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिए।

 

चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।