२०७८ असार १० , बिहिवार

देउवा निवासमा प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरू छलफल

सुनाखरी न्युज/ काठमाडौँ -प्रतिनिधि सभा विघटनविरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, भीम रावल तथा जसपाबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ ।

 

बैठकमा सरकारले शनिबार अध्यादेशबाट ल्याएको पूर्ण बजेट र सर्वोच्च अदालतमा शुक्रबारबाट सुरु भएको संवैधानिक इजलासको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो।