२०७८ असार ७ , सोमवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौँ -नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।