२०७८ असार ६ , आइतवार

नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त

सुनाखरी न्युज/ काठमाडौँ – नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागु हुने गरी बैंकको सेवाबाट राजिनामा दिएकाले सोही मितिदेखि लागू हुने गरी पौड्याललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

 

कम्पनीको जेठ ७ गतेको सञ्चालक समितिको बैठकले पौड्याललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पौड्याल बैंकका कानून प्रबन्धक समेत रहेका छन् ।