२०७८ असार १ , मंगलबार

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

सुनाखरी न्युज/ काठमाडौँ – सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको घोषणा गर्नुभयो ।

गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।