२०७८ असार ८ , मंगलबार

यस्तो आओस बजेट र मौद्रिक नीति !

परशुराम कुँवर क्षेत्री-

आज बजेट आउने दिन ! केही दिन पछि मौद्रिक नीति पनि घोषणा हुनेछ ।

आशा छ, कोभिड र लकडाउनबाट पीड़ित जनतालाई राहत दिने नाममा पोहोरको जस्तो ( घरबेटीले घरभाडाको छुट दिने, अस्पतालहरुले उपचार खर्चमा छुट दिने, स्कुलहरुले शुल्कमा छुट दिने, बैकहरुले कर्जाको व्याजमा छुट दिने आदि जस्ता हल्का फुल्का र हास्यास्पद घोषणाहरु हुने छैनन्! आफुले केही दिन नपर्ने तर अरुले मात्र दिन पर्ने घोषणा गर्न न त सरकार चाहिन्छ नत सरकारी घोषणा नै चाहिन्छ !
धेरैलाई लाग्न सक्छ राज्यले नेपाल राष्ट्र बैंक मार्फ़त हाम्रा व्यापार व्यवसायलाई पुनरकर्जाको माध्यमबाट सस्तो व्याज दरमा कर्जा पायकाले राहात मिलेको छ । हो, हाम्रा व्यापार व्यवसायहरु जसले पुनरकर्जा प्राप्त गरेका छन् उनीहरुलाई निश्चित रुपमा केही राहत मिलेको छ । तर पुनरकर्जा कार्यक्रमबाट पनि राज्यले नाफा कमाएको छ ।

 

घरबेटीले घरभाडाको छुट दिने, अस्पतालहरुले उपचार खर्चमा छुट दिने, स्कुलहरुले शुल्कमा छुट दिने, बैकहरुले कर्जाको व्याजमा छुट दिने आदि जस्ता हल्का फुल्का र हास्यास्पद घोषणाहरु हुने छैनन्!

राज्यले कसरी नाफा कमाएको छ यसलाई एउटा उदाहारणवाट प्रष्ट पारौं: मानौ, कुनै बैकले ९५ व्याज दरमा रु १ अर्व कर्जा प्रवाह गरेको छ । अव बैकले राष्ट्र बैकबाट ३५ व्याज तिर्न पर्ने किसिमले रु १ अर्व पुनरकर्जा प्राप्त गर्दछ र बैकले आफना ग्राहकहरुको व्याज ९५ बाट ५५ व्याज दरमा घटाउछ किन कि नियम अनुसार पुनरकर्जा व्याज दर भन्दा बढीमा २५ मात्र थप व्याज दर आफ्ना ग्राहकहरुलाई लगाउन पाइन्छ । बैकहरुले राष्ट्र बैकवाट पाएको पुनरकर्जा रकमलाई नयाँ कर्जा प्रवाह गर्नका लागि उपयोग गर्न पाउदैनन् १ बैकहरुले यो रकम सरकारी सुरक्षणपत्रहरु ९जस्तै ट्रेजरी विल्स्० मा लगानी गर्न उपयोग गरेका छन् ! र चालु आवको धेरै जसो महिनामा यस्ता अल्पकालिक सरकारी सुरक्षण पत्रहरुको व्याज दर १५ भन्दा कम रहेको थियो । यसरी राज्यले आफुले पैसा दिदा ३५ व्याज लगाउने र राज्यले बैकहरुबाट आन्तरिक रिण उठाउदा १५ को हाराहारीमा व्याज दिएर नाफा कमाउन सफल भएको छ।
केही दिन अघी प्रधानमन्त्रीले एक कार्यक्रममा यस्तो कोभिडको संकटमा पनि नाफा कमाउनेरु भनेर बैकहरुको आलोचना गरेको सुनियो । प्रमलाई गलत व्रिफिगं गरिएको रहेछ, प्रष्ट नै छ । यो संकटमा राज्यले पो नाफा कमाएको छ। बैकहरुले त आफनो आम्दानी घटायर पनि आफ्ना ग्राहकहरुलाई राहत दियका छन्!
गत वर्ष बैकहरुलाई ज़बर्दस्ती सबै कर्जा ग्राहकहरुको व्याज घटाउन वा व्याजमा छुट दिन आदेश दिईयो । राष्ट्रीय वाणिज्य बैक बाहेकका सबै बैक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको शेयर लगानी छ१ लाखौ सर्वसाधारण जस्को कुनै नेतासंगको पहुँच छ न त यिनीहरुको हितको कुरा कसैले प्रभावकारी रुपमा उठान गरिदिन्छ यिनीहरुको गाँस काटेर २-४ जना शेयरधनीहरु भएका निजी फ़र्म र कम्पनीहरुलाई पोस्ने काम भयो। बैकहरुलाई जवरदस्ती व्याज छुट दिन आदेश दिनु र बिभिन्न व्यापारी र व्यवसायीहरुलाई उनीहरुको उत्पादनको मुल्य जवरदस्ति घटाउन आदेश दिनु उस्तै उस्तै हो । आशा गरौं, चालु आव र आगामी आवमा विगतमा जस्तो बैंक तथा वित्तीय संस्थाहरुका निमुखा सर्वसाधारण शेयरधनीहरुलाई अन्याय गरिने छैन ।
यसो भनिरहदा व्यापार व्यवसायलाई कुनै राहत तथा छुट दिन हुदैन भन्न खोजेको होइन । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कुनै किसिमको छुट र राहत दिन चाहन्छन् भने दिउन तर वाध्य पारिदिन भएन । निम्न आय भएका सिमान्तकृत जनता र साना व्यापार व्यवसायलाई राहतको अति नै आवश्यकता छ र यस्तो राहत राज्यले नै दिनु पर्छ ! राहतको लागि राज्यसंग स्रोतको अभाव छ भने सीमा भन्दा बढी नै भय पनि आन्तरिक रिण उठाए हुन्छ र यसका कारणले बजारमा तरलताको अभाव हुन्छ भने राष्ट्र बैकले रिपोको माध्यमबाट तरलता प्रवाह गरे हुन्छ ।धेरै देशहरुमा यसै गरिएको छ ।

 

निम्न आय भएका सिमान्तकृत जनता र साना व्यापार व्यवसायलाई राहतको अति नै आवश्यकता छ र यस्तो राहत राज्यले नै दिनु पर्छ ! राहतको लागि राज्यसंग स्रोतको अभाव छ भने सीमा भन्दा बढी नै भय पनि आन्तरिक रिण उठाए हुन्छ र यसका कारणले बजारमा तरलताको अभाव हुन्छ भने राष्ट्र बैकले रिपोको माध्यमबाट तरलता प्रवाह गरे हुन्छ ।धेरै देशहरुमा यसै गरिएको छ ।

विश्वका सवै जनताले खोप नलाईन्जेल, औषधी नवनुन्जेल र सवै जनता ईम्युन नभईन्जेल सम्म कोभिड १९ को महामारी केही वर्षसम्म रहिरहनेछ । यो महामारीसंग सामना गर्न खोप ख़रीद गर्नाका साथै स्वास्थ्य पुर्वाधार मजवुत गर्नु पर्ने आवस्यकता विज्ञहरुले औलाईरहेका छन् ! आशा गरौं बजेटले यसलाई सम्वोधन गर्ने छ ।
“समृद्ध नेपाल र सुखी नेपाली” को सपना पुरा गर्न अर्थतन्त्रमा लगानी बढाउनु पर्छ । आज हामीले रु १ को पूँजीगत खर्च गर्दा रु ५ चालू खर्च गरीरहेका छौं। आशा गरौं, लोक रिझाईको लागि चालु खर्च नबढाईकन पूँजीगत खर्च बढाउन आज आउने बजेटले अर्जुनदृष्टी दिनेछ । देश विकासका लागि लगानीका साथै सुशासनको अति नै आवस्यकता पर्दछ १ आज देशमा हरेक क्षेत्रमा सुशासनको खडेरी नै परेको छ १ समाज र राज्य संयन्त्र भ्रष्टाचारले आक्रन्त भएको छ । हरेक क्षेत्रमा “राम्रो” मान्छेको सट्टा “हाम्रो” मान्छेलाई जिम्मेवारी दिईएको छ, यस्ता “हाम्रा” मान्छेले आशातित परिणाम दिन सक्ने कुरै भयन । हाम्रो देशको हरेक क्षेत्रमा प्रचुर संख्यामा “कुलमान” हरु पाईन्छन् तर यिनीहरु न त नेताहरुको घर दैलो चाहार्ने काम गर्दछन् न त यिनीहरु कसैलाई “खुसी” पार्न लागि पर्छन ! आवस्यकता छ यस्तो नेतृत्वको जसले “हाम्रो” मान्छेको सट्टा “कुलमान” हरुको पहिचान गर्ने, उनीहरुलाई उनीहरुको विज्ञता अनुसारको ज़िम्मेवारी दिने र उनीहरुको कार्य सम्पादनमा सहजिकरण गर्ने गरोस् ! के हामीले हाम्रै जीवनकालमा यस्तो नेतृत्व पाउँला?

(परशुराम कुँवर क्षेत्रीको फेसवुकवाट)