२०७८ असार ७ , सोमवार

राष्ट्रपति द्वारा गणतन्त्रको खिल्ली उडाउने कार्य भैरहेको छ : कांग्रेस केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपाली जनताको लामो आन्दोलन, त्याग, तपस्या र बलिदान बाट प्राप्त भएको नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउने कार्य बर्तमान राष्ट्रपति बाट भैरहेको आरोप लगाउनु भएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहादत प्राप्त गर्नुहुने ती महान शहिदहरु प्रती सम्मान र श्रद्धासुमन अर्पण गर्नु भएको छ ।

 

आज १४ औ गणतन्त्र दिवसका अबसरमा दिनुभएको टेलिभिजन अन्तरबार्तामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ – आज गणतन्त्र दिवसको १४ बसन्त सम्म आइपुग्दा प्रधानमन्त्रीको केबल आफ्नो सत्ता लम्ब्याउने असंवैधानिक , स्वेच्छाचारी , निरंकुश निर्णयहरुलाइ समर्थन गरेर राष्ट्रपतिले गणतन्त्र कै खिल्ली उडाउने काम भैरहेको छ । प्रधानमन्त्री र राष्ट्रपतिका कारण आज मुलुक राजनीतिक र संबैधानिक सुन्यतामा प्रवेश गर्दै छ भन्दै उहाले प्रतिनिधि सभा पनि विघटन हुने चुनाव पनि नहुने दुर्घटना तर्फ जाँदै गरेको देशलाइ सम्मानित सर्बोच्च अदालतले बचाउने बिश्वास व्यक्त गर्नु भएको छ । रास्ट्रपति र प्रधानमन्त्रीको यो कदमबाट मुलुकमा संबिधान र गणतन्त्र अस्विकार गर्ने प्रतिगामी दक्षिणपंथीहरु हर्षित भएको हुदा सरकारको गन्तव्य कता हो ? भन्ने गम्भीर प्रश्न कांग्रेस केन्द्रीय सदस्य गिरीको रहेको छ ।

१४९ जना सांसदहरुको समर्थन नेपाली कांग्रेसका सभापति एबं सांसद शेर बहादुर देउवाको पक्षमा स्पष्ट हुदाहुदै प्रधानमन्त्री पदमा नियुक्त नगरेर दाबी पुगेन भन्दै संसद विघटन को असंवैधानिक प्रधानमन्त्रीले गरेको असंवैधानिक सिफारिसका आधारमा प्रतिनिधि सभा विघटन गर्नु रास्ट्रपतिको गम्भीर संबैधानिक त्रुटि भएको आरोप लागाउदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले सम्मानित सर्बोच्च अदालतले यो त्रुटि सच्याएर संबिधान र संसदलाइ बचाउने कुरामा आफू बिश्वास्त रहेको दाबी गर्दै गणतन्त्र को सर्बोच्च संस्था रास्ट्रपति ले बिगत केही बर्ष देखि पदिय मर्यादा , सम्मान र गरिमा जोगाउन नसकेको आरोप समेत लगाउनु भएको छ ।

 

भुराजनितिक परिबेश को सन्दर्भमा उहाले नेपालमा सदा ” नियन्त्रीत अस्थिरता ” चाहाने फ्यक्टर र संबिधान लाई स्वीकार नगरेको फ्याक्टर का कारण दलहरु बिच समझदारी र सहमति हुन सकेन भने नेपाल लामो द्वन्द र अन्यौलता मा जान सक्ने खतरा औल्याउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले संसद पुनर्स्थापना अहिलेको पहिलो र अनिवार्य आबस्यकता रहेकोले संसदले राजनीतिक एबं संबैधानिक सुन्यता अन्त्य गर्ने भएकोले नै नेपाली कांग्रेस लगायत ५ राजनीतिक दलका १४६ जना सांसदहरु संसद पुनर्स्थापनाका लागि सशरिर सर्बोच्च अदालतमा जानुभएको धारणा राख्नु भएको छ । पुनर्स्थापित प्रतिनिधि सभाले नै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाल को संबिधान लाई मजबुत बनाउने र प्रधानमन्त्रीको निरंकुश र प्रतिगामी चाहना अन्त्य गर्ने कुरा बताउनु भएको छ ।