२०७८ असार ७ , सोमवार

नयाँ परिकल्पना नगरिँदा नेपालको पदयात्रा पर्यटन नै धारासायी हुने अवस्थामा

सुनाखरी न्युज/ काठमाडौं – नेपालको समग्र पर्यटनको प्रमुख हिस्सा ओगटेको अत्याधिक बिदेशी मुद्रा भित्रयाउनमा महत्वपूर्ण योगदान पु¥याएको पदयात्रा पर्वतीय क्षेत्र र त्यसमा व्यवसायिक रुपमा स्थापित पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिंङ एजेन्सिज् एशोशिएसन अफ नेपाल (टान) विगत चारदशक देखि व्यवसायिक हकहितका लागि काम गर्दै आईरहेको छ ।

 

द्वन्द्वको बेला होस या आन्दोलन, यसले हाम्रो व्यवसायमा कुनै परिवर्तन ल्याउन सकेन । तर, पछिल्लो समयका प्राकृतिक वा महामारीका घटनाक्रमले पर्यटन उद्योगमा चुनौती थपिँदै गएको छ । दुरगामी सोँचका साथ नयाँ परिकल्पना नगरिँदा नेपालको पर्यटनको मेरुदण्डको रुपमा रहेको पदयात्रा पर्यटन नै धारासायी हुने खतरा छ । त्योसँगै आश्रित दक्ष जनशक्ति पलायन हुदै गईरहेका छन । यसैबीच विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस र यसका असरका कारण गत वर्षदेखि नै पर्यटन क्षेत्र ठप्प छ । यसबाट व्यवसायी, मजदुर मात्र नभई देशकै अर्थतन्त्रमा असर पु¥याएको छ । कोरोनाको पहिलो लहरका कारण गत वर्षदेखि नै ठप्प रहेको हाम्रो जनजीवनमा दोश्रो लहरले थप पीडा थपिदिएको छ । एकातिर संक्रमणको जोखिम त अर्कोतिर बाच्न र बचाउन संवेदन रहनुपर्ने कठिन अवस्था छ । लामो समयदेखिको व्यवसायिक सिथिलता र निषेधाज्ञाको मार, त्यसमा पनि अझ दैनिक श्रम गरि जीवन चलाउने वर्गका लागी स्थिति गम्भिर र नाजुक बन्दै गईरहेको छ ।

पर्यटनलाई पुरानै लयमा फर्किएर गति लिनका लागि अझै कति समय लाग्ने यकिन छैन । यद्दपी सकारात्मक सोचका साथ कोरोना कहरको सामना गर्दै मानव जीवन र व्यवसायिक जीवनलाई जिवन्त राख्नुपर्ने चुनौति हामी माझ छ । विगत १५ महिनाभन्दा बढीको व्यवसायिक शुन्यताले गर्दा कतिपय व्यवसायी पलायन समेत भइसकेका छन् । पर्यटनमा निजी क्षेत्रको लगानी बचाईराख्न, ठुला, मध्यम र साना लगानीकर्तालाई बचाउदै र प्रोत्साहन गर्दै यसमा आश्रित पर्यटन मजदुरको संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारका विभिन्न निकायहरुबाट मौद्रिक प्याकेजको घोषणा गरिएपनि सबै तहसम्म सहज रुपमा त्यसको उपयुक्त कार्यान्वयन र उपभोग गर्न नसकिएको स्थिति छ । यो बिषम परिस्थितिमा व्यवसाय जोगाउन धौधौ परिरहेकोले व्यवसायी एवं यसमा आश्रित मजदुरहरु विस्थापित हुनबाट जोगाई व्यबसाय पुनरुत्थानका लागी उल्लेखित बुदाँहरुमा सहजीकरणको व्यबस्था गरिदिनु हुन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।

 

– पदयात्रा क्षेत्रमा लागेका र अग्रपंक्तिमा रहेका मजदुर एवं व्यवसायीहरु पर्यटकसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहने र विभिन्न ग्रामीण क्षेत्रहरुमा निरन्तर पुग्नुपर्ने हुँदा कोरोनाको खोप यथाशिघ्र उपलब्ध गराई गण्डकी प्रदेशका पर्यटनकर्मीको जीवन रक्षा गरिदिनुहुन समेत अनुरोध गर्दछौ ।

 

– सरकारको घोषित व्यवसायी पूर्नजीवन नीतिमा सबै व्यवसायीको सहज पंहँुच पुग्ने गरि यथाशक्य कार्यान्वयन गर्नुपर्ने ।

– कोरोनाको कारण व्यवसायीको अर्बाे रुपैयाँको लगानी डुब्ने खतराका साथै लाखौंको संख्यामा रहेका मजदुर बेरोजगार हुने अवस्था छ । व्यवसायीहरुलाई राहत स्वरुप गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसायी जीवनरक्षा कोषको घोषणा भएपनि यस कोषबाट अति प्रभावित पदयात्रा व्यवसायीले लाभ लिन सकेका छैनन् । साथै व्यवसायिक कर्जा भुक्तानिमा पुर्नतालिकीकरण, सहुलियत व्याजदरमा कर्जा प्रवाह, मजदुरका लागी सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने ।

 

– पर्यटनको पनि अति प्रभावित उद्योगको वर्गमा परेको ट्रेकिङ उद्योगलाई संरक्षित गर्न आवश्यक रहेकोले एकद्वार प्रणाली मार्फत व्यवस्थापन गर्दै बिभिन्न शीर्षकमा लिईने करलाई बिशेष व्यवस्था तर्जुमा गरी पर्यटन पुर्नउत्थान नीति अन्तर्गत तीनवर्ष सम्म कुनै बिशेष मानंकको आधारमा कर छुट वर्षको व्यवस्था गर्नुपर्ने ।

 

–कम्तीमा एकवर्षको लागि विभिन्न टे«किङ शीर्षकमा कर, संघीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष कर, अतिरिक्त शुल्क तथा जरिवाना सतप्रतिशत मिनाह गर्नुपर्ने । ट्रेकिङ क्षेत्रमा रहेका कम्पनिहरुको नविकरण (स्वतः खारेजी भएका तथा कोभिडको कारण खारेजीमा परेका समेत) को समयावधि आगामी २०७९ साल असार मसान्तसम्मको लागि समय कायम गर्नुपर्ने र पर्यटन व्यवसायमा लाग्ने सम्पुर्ण करहरु कम्तिमा ३ वर्षको लागि छुट हुनुपर्ने व्यवस्था गर्नुपर्ने ।

 

– पर्यटन क्षेत्र सुचारु हुन नसकी व्यवसाय शिथिल भएकोले पर्यटन क्षेत्र बचाउन सरकारको मौद्रिक नीतिमा रहेको झन्झटिलो व्यवस्थाको कारण मध्यम तथा निम्ममध्यम व्यवसायी उक्त सुविधाबाट बञ्चित हुन पुगेकोले पर्यटन क्षेत्रमा बैंकहरुबाट प्रवाह भएको सम्पुर्ण कर्जालाई सहुलियत ३% राहत प्याकेज व्याजदर अन्तर्गत पुर्नतालिकिकरण गरी व्यवसाय सहज भएपछि मात्र किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने र बिशेष आर्थिक वर्ष घोषणा गर्नुपर्ने ।

 

– कोरोनाबाट सबैभन्दा पहिला र दिर्घकालिनसम्म नराम्ररी प्रभावित यस उद्योगलाई “ पर्यटन संकट बर्ष” घोषणा गरि पदयात्रा तथा पर्यटन उद्योगको लागि आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोष सहितको आर्थिक योजना लागु गर्न अनुरोध गर्दछौ ।

 

राज्य संघियतामा गईसकेता पनि यसको मर्म अनुरुप राज्य कै विभिन्न निकायबीच एक आपसमा तालमेल र समन्वय नहुँदा सेवाग्राही एवं लगानिकर्ता र सेवाप्रदायक पेशा ब्यवसाय सन्चालन र जोगाइ राख्न कठिनाई भएकोले सरकारले यस्तो संवेदनशील व्यवसायको मर्म भावना, यसको महिमा बुझि, व्यवसाय र यसमा आकर्षण गर्न भ्mउयधभचष्लनरक्ष्लकउष्चभ गरी यो समय व्यवसायीहरु लाई संरक्षण, प्र।ेत्साहन र हौसला दिइ बिना झन्झटिला र सहज नीतिहरु लागू गरि व्यवसायी र मजदुरहरू बिस्थापित हुनबाट जोगाइ पर्यटन उद्योगलाई जीवन्त राखि सघाउनका लागि अनुरोध गर्दछौ ।