२०७८ असार १ , मंगलबार

‘अब अक्सिजनको समस्या छैन, मागेजति दिन सक्छौं’

सुनाखरी न्युज/ काठमाडौं-

काठमाडौंको बालाजुस्थित शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले अब अक्सिजनको समस्या नभएको र मागे जति दिन सक्ने वताउका छन् । उनले खाली सिलिण्डल ल्याएको दुई घण्टा भित्र भरेर दिइसक्ने बताएका हुन् ।

 

अग्रवालले अहिले पर्याप्त मात्रामा लिक्विड अक्सिजन आइरहेको भन्दै अक्सिजनको अभाव नरहेको जनाए। उनले अहिले पनि दैनिक ९ सय सिलिण्डर जति अक्सिजन यतिकै होल्डमा बस्ने गरेको बताए। दैनिक २२ सय अक्सिजन सिलिण्डर आफूले दिनसक्ने भएपनि अहिले १२ देखि १३ सय अक्सिजन सिलिण्डर मात्र माग भएको अग्रवाल बताउँछन्।

‘दैनिक २२ सय सिलिण्डर दिनसक्छु तर माग नै कमी छ। पहिले गाडी लाइनमा हुन्थ्यो तर अहिले त्यो छैन एउटा दुईटा गाडी आउँछ लगेर जान्छ,’ उनले भने। अग्रवालले अहिले अक्सिजनको माग नै कम भएको भन्दै कसैलाई अक्सिजन चाहिने आफूले जुनसुकै बेला पनि अक्सिजन दिन सक्ने जनाए। अक्सिजनको कम माग भएकै कारण भैरहवामा रहेको प्लान्ट नै बन्द गर्नुपरेको अग्रवाल सुनाउँछन्।

‘अक्सिजनको समस्या छैन। माग नभएर भैरहवाको प्लान्ट नै बन्द भयो। काठमाडौंमा पनि माग कम भएको छ’ उनले भने, ‘भैरहवा र नारायणगढमा प्रशस्त अक्सिजन छ। कसैलाई चहिए जुनबेला पनि दिन सक्छौं।’

तर अस्पतालहरूले भने अहिले पनि माग अनुसार अक्सिजन उपलब्ध नभएको बताउँदै आएका छन्।