२०७८ असार ८ , मंगलबार

प्रधानमन्त्रीले सम्वोधनमा सुनाए सरकारको नीति र कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् । उनले विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको पनि बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गरेका छन् ।

 

कोभिडको निशुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको र महामारी सुरु भएको एक बर्षको अवधिमा भेन्टिलेटरको संख्या ३३७ बाट ९०४, आईसियू बेड २६०० बाट ३ हजार पुर्याईएको सम्बोधनमा ओलीले बताए ।

अस्पतालमा २८५३ हाई डिपेन्डेन्सि यूनिट र ९ सय अक्सिजन कन्सन्ट्रेन्टर थप भएको उनको भनाई छ । छिट्टै १८० भेन्टिलेटर, ६३० आईसिय, १४०० एचडियू र १९ अक्सिजन प्लान्ट थपिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।