२०७८ असार १० , बिहिवार

कल्पनालाई वाइल्ड कार्ड

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालकी सुटिङ खेलाडी कल्पना परियारले जापानमा हुने टोकियो ओलम्पिकका लागि  शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।

कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ ।