२०७८ असार ७ , सोमवार

४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न चूनौतिपूर्ण :अर्थमन्त्री पौडेल

सुनाखरी न्युज/ काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.० प्रशित हाँसिल गर्न चुनौतिपूर्ण रहेको बताएका छन् । शुक्रबार चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

 

विश्व महामारीका रुपमा विश्वको अर्थतन्त्र ऋणात्मक भइरहेको बताउँदै उनले नेपालको पनि पनि आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको बताएका हुन् । सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.० प्रतिशत हुने अनुमान गरेको थियो। तर बैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यो अनुमान पुरा नहुने उनको भनाइ छ ।

 

‘फागुनसम्म ४ प्रशितसत पुग्ने अवस्थामा थियौं, तर पछि कोरोनाको दोस्रो लहरले केही चाप देखिएको छ, हामी केही हदसम्म सहज अपवस्थामा पनि जान्छौं, तर,अन्य आर्थिक परिसुचक भने सकरात्मक नै छन्, राजश्व संकलनको स्थिति सकरात्मक छ, समस्या जीडीपीको हो तर त्यो पनि केही कम छ, ’ उनले भने । उनले रेमिट्यान्स बढ्नु राम्रो संकेत देखिएको पनि बताएका छन् । पहिलेको भन्दा राम्रो संकते देखिएको र खासै कुनै जोखिम नभएको उनको भनाई ।