२०७८ असार १ , मंगलबार

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । शुक्रबार मन्त्रालयले पौडेललाई प्रवक्ता बनाउने निर्णय गरेको मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख डा. दामोदर रेग्मीले बताएका छन् । ‘मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ,’ उनले भने ।

 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहनुभएका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाएक हुन् । यसअघि प्रवक्तामा प्रा डा.जागेश्वर गौतम थिए । प्रा डा. गौतम कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले सम्हालेका थिए ।