२०७८ असार १ , मंगलबार

११ देशमा आयोजना हुँदै युरोकप

सुनाखरी न्युज/ काठमाडौं ।

मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए ।

सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय गरिएकोमा कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो । एक वर्ष पछि सरे पनि प्रतियोगिताको नाम भने युईएफए युरो-२०२० नै रहने युरोपियन फुटबल महासंघ युईएफएले निर्णय गरेको हो ।

अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए ।

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ । हुन त यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११(१२ वटा स्टेडियममा खेल हुने गर्थ्यो । यसपटक देश फरक भएपनि ११ वटै स्टेडियममा खेल हुनेछ ।