२०७८ जेठ ३० , आइतवार

देवकोटाको सपथ ग्रहण आज

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज सपथ लिदैछन् । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए ।  माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।

रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी भए । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।