२०७८ असार १० , बिहिवार

५ सदस्यीय संवैधानिक इजलासमा संसद विघटन सम्वन्धी सुनुवाइ सुरु

सुनाखरी न्युज/ काठमाडौं ।

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

 

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।