२०७८ जेठ ३० , आइतवार

भेरि अस्पतालका स्वास्थ्यकर्मीहरु माथिको आक्रमण निन्दनिय : डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौं – कोभिड महामारीले देश आक्रान्त बनाईराख्दा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका फ्रन्टलाईनर स्वास्थ्यकर्मीहरुमाथि भएको भौतिक आक्रमणप्रति राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निन्दनिय क्रुर घटना भएको बताएका छन ।

 

यस्तो महामारीको बेलामा पनि ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। यस्तो समयमा नेपालगंज स्थित भेरि अस्पतालका स्वास्थकर्मिहरु माथि आक्रमण हुनु निन्दनिय छ। यस्तो निन्दनिय घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्न दोषिहरु माथि कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन ।