२०७८ असार ७ , सोमवार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

सुनाखरी न्युज/ काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको देउवाको भनाइ छ । ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछ,’ देउवाले लेखेका छन् ।

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।