२०७८ असार १ , मंगलबार

३ देशमा हुने अन्तराष्ट्रिय उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

सुनाखरी न्युज/ काठमाडौं – सरकारले ३ देशमा हुने अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

 

सरकारले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । यी तीनै देशमा सातामा एउटा उडानमात्र हुने गरि सरकारले उडान खुला गरेको हो । यस अघि नै भारतमा सातामा दुईवटा उडान भइरहेको छ ।

 

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुहरु ठगिएको गुनासो बढेपछि सरकारले केहि देशको उडान खुला गरेको हो । सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।