२०७८ जेठ ३० , आइतवार

५३ लाख ८० हजार नगद सहित हुण्डी कारोबारी पक्राउ

सुनाखरी न्युज/  पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले त्रिपन्न लाख असी हजार रुपयाँ सहित हुण्डी कारोबारी २ जना लाई पक्राउ गरेको छ ।

 

प्रहरीले बारा प्रसौनी वडा नं ६ का २६ बर्षिय शिवआनन्द गुप्ता र वीरगञ्ज वडा नं ११ श्रीपुर बस्ने १९ बर्षिय प्रकाश जैसवाललाई पक्राउ गरेको हो । प्रहरीले जैसवालले बोकेको झोला जाँच गर्दा चौबीस लाख रुपयाँ र गुप्ताको डेराबाट उनन्तीस लाख असी हजार रुपयाँ बरामद गरेको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य हुण्डी कारोबारीलाई समेत पक्राउ गर्ने प्रहरीले जनाएको छ ।