२०७८ असार ७ , सोमवार

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी द्धारा २५ लाखको बिमा दावी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।

 

दावी भुक्तानी मिती २०७८/०२/१३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ । शकुन्तला कुमारी पोद्दार ले मिती २०७६/०६/२७ गते रु २५लाख को जीवन अमृत योजना खरिद गर्नु भएको थियो ।

 

दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो। बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।